उपमहानगरपालिकाद्वारा फूल किनेर किसानको प्रोत्साहन

लोकप्रिय

धनगढी, कात्तिक ७ गते 

कैलालीको धनगढी उपमहानगरपालिकाले दसैंको बेला बिक्री हुन नसकेको किसानको फूल खरिद गरेर प्रोत्साहित गरेको छ । 

उत्पादित फूल खरिद गरेर आफ्नै कार्यालयमा सजाएको उपमहानगरपालिकाले जनाएको छ । धनगढी उपमहानगरपालिकाको कार्यालयबाट प्रदान गरिएको फूलखेती तालिम लिएर नगर क्षेत्रमा केही किसानले सयपत्रीलगायतका फूलको खेती गरिरहेका छन् । दसैंको समयमा ती किसानको खेतमा फूल उत्पादन बढी भएको र बिक्री हुन बाँकी रहेको फूल खरिद गरेको नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार किसानबाट खरिद गरिएको फूलले धनगढी उपमहानगरपालिकाको मुख्यद्वार, गेट, नगर प्रहरीको कक्ष अगाडि सजावट गरेर किसानलाई प्रोत्साहनको प्रयास गरिएको छ ।

ताजा समाचार

Related Articles