राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका तथा जमरा

लोकप्रिय

काठमाडौँ, कात्तिक ७ गते । 

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिनुभएको छ ।

उहाँले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिनुभएको हो ।  

त्यस्तै, राष्ट्रपति पौडेलले आज दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिनुभयो ।

साथै राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुभएको थियो ।

ताजा समाचार

Related Articles