खुलेको हिमाल, रमाउँदै पर्यटक 

लोकप्रिय

कास्की । पर्यटकीय नगरी पोखरामा हिमाल खुलेसँगै विदेशी र स्वदेशी पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।

पोखराको सराङकोट, कास्कीकोट, पुम्दीकोट, काहु पामे क्षेत्रमा पर्यटकहरूको चहलपहल ह्वातै बढेको छ । पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूमा यतिबेला स्वदेशी विदेशी पर्यटकहरू घुम्नका लागी पोखरा आएका छन् ।

मौसम समेत सफा रहेकाले नजिकैबाट हिमाल हेर्न र फोटो खिच्न पर्यटकहरू लालायित देखिन्छन् । पोखराबाट लामो तथा छोटो दुरीको पदयात्रामा समेत पर्यटकहरूको निस्कने गर्दछन् ।

पोखरा लगायत क्षेत्रमा पर्यटकहरूको राम्रो आगमन बढिरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

Related Articles