तीनै तहको सरकार जनतातिर फर्कनुपर्छ 

लोकप्रिय

रुकुमपश्चिम, कात्तिक ९ गते ।

 कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय, प्रदेश र संघीय सरकार जनमैत्री भएमा मात्रै बदलिएको व्यवस्थाको अनुभूति जनताले गर्न पाउने बताउनुभयो ।  

बिहीबार रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका वडा ६ को मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै शर्माले समृद्ध कर्णाली र समृद्ध देशका लागि ऐक्यबद्धता भएर काम गर्नुपर्ने बताउनुभयो । 

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले बार्षिक १० हजार बेराजगारलाई रोजगारी दिने योजना बनाएको र यसको कार्यान्वयनका लागि कार्यबिधि तयार भइरहेको जानकारी दिनुभयो । कर्णालीको गरिबी हटाउन संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

उहाँले कर्णालीमा भौगोलिक क्लष्टर विभाजन गरेर व्यावसायिक कृषि फर्म सञ्चालन गरेर जनताको आर्थिक अवस्था उकास्न सकिने जनाउनुभयो ।

ताजा समाचार

Related Articles