दसैंमा सात करोड बढीको खसी–भेडा बिक्री

लोकप्रिय

हुम्ला, कात्तिक ९ गते । 

यस पटकको दसैंमा हुम्लामा सात करोड भन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको पाइएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मुल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ । 

उद्योग बाणिज्य संघ हुम्लाका बरिष्ठ उपाध्यक्ष रामबहादुर भण्डारीले यस पटकको दसैंका लागि पाँच हजारभन्दा बढी खसी बिक्री भएको बताउनुभयो । उहाँले साना ठूला खसीको मुल्य औसतमा सात करोडको कारोवार यस पटकको दसंैमा भएको बताउनुभयो । 

दसैमा खसीको मुल्य पन्द्रदेखि चालीस हजारसम्म तिर्नुपरेको थियो । खसी बिक्रीबाट भएको आर्थिक कारोवार हालसम्मकै उच्च भएको उहाँको भनाइ छ । पचास जना ब्यापारीहरुले दसैंका लागि खसीको ब्यापार गर्नुभएको थियो । 

हुम्ला जिल्लाको घरधुरी सङ्ख्या करिब एघार हजार रहेको छ । यी सबै खसी अधिकांश स्थानीय रहेका छन् । उहाँले मुल्य जति बृद्धि भएपनि खसीको ब्यापार नघटेको बताउनुभयो । लामा समुदायको बसोवास हुने नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका– ३ र ४ बाहेक जिल्लाभरि दसैं मनाउने गरिन्छ । 

ताजा समाचार

Related Articles