निजीकरणले मधेशको शिक्षा ध्वस्त भयो

लोकप्रिय

वोदेवर्साइन (सप्तरी), कात्तिक ९ गते । 

मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले शिक्षालाई निजीकरण गर्ने रोगले नेपाल र मधेशको समग्र शिक्षाको गुणस्तर ध्वस्त भएको बताउनुभएको छ । 

महेन्द्र विन्देश्वरी बहुमुखी कलेजमा जिल्लाका बुद्धिजिवीहरुको आयोजनामा विहीवार आयोजित मधेशको शैक्षिक अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । शिक्षामन्त्री यादवले मधेस प्रदेशको शिक्षाको गुणस्तरमा काम गर्न अझै बाँकी रहेकाले वर्तमान सरकारले त्यसमा ध्यान दिइरहेको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर सूर्य यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोडेवर्साइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादव, नागरिक अगुवा कुमार कमलेन्द्र, क्याम्पस विद्यार्थी युनियनका पूर्व सभापति केदार यादव, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव, जनक राजऋषि प्रध्यापक अमरप्रसाद यादव, संविधानसभा सदस्य लक्ष्मी चौधरी, नेपाल रेल्वे संस्थानका महाप्रवन्धक निरन्जन झा, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजिवकुमार झा, विधापति पुरस्कार कोषका ध्रुव मंडल लगायतले बोल्नुभएको थियो ।  

ताजा समाचार

Related Articles