बडादशैँको टीका लगाउने क्रम जारी

लोकप्रिय

काठमाडौँ, कात्तिक ९ गते ।

बिहीबार आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । दसैँको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आशीर्वाद लिन जाने गर्छन् । कतैकतै विजया दशमीकै दिनबाट दसैँ सकिने गर्छ ।

सरकारी कार्यालयहरू बिहीबारसम्म बन्द रहेका छन् । मङ्गलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैँ सुरु भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैँ पर्व समाप्त हुन्छ ।

ताजा समाचार

Related Articles