मङ्गोलियाको घरमा आगलागी हुँदा सातको मृत्यु

लोकप्रिय

मङ्गोलिया, कात्तिक ९ गते । 

मङ्गोलियाको राजधानी उलान बटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ । 

स्थायीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेकाे  एजेन्सीले उल्लेख गरेको छ । 

चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन ।  रासस-सिन्ह्वा

ताजा समाचार

Related Articles