युएइलाई त्रिदेशीय टि २० शृङखलाको उपाधि

लोकप्रिय

काठमाडौँ, कात्तिक १० गते ।

संयुक्त अरब इमिरेट्सले शुक्रबार आयोजक नेपाललाई रोमाञ्चक खेलमा चार विकेटले हराएर त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङखलाको उपाधि हात पारेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६२ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । 

युएइले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १६७ रन बनाएर लक्ष्य हासिल गर्यो । यस त्रिदेशीय शृ्ंखलामा नेपाल र युएयबाहेक तेस्रो टिमका रुपमा हङकङ रहेको थियो । प्रतियागितामा सहभागी तीनै टिमले एकले अर्कासँग दुई पटक खेलेपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने नेपाल र युएइबीच शुक्रबार फाइनल भएको हो । नेपाल लिग चरणमा चारै खेल जितेर अपराजित रह्यो । तर युएइले लिग चरणमा नेपालसँग वेहोरेको दुवै हारको बदला लिएको छ । 

नेपालको फाइनलमा राम्रो सुरुवात भएको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाउनुभयो । भुर्तेल २९ बलमा छ चौका र छ छक्कासहित अर्धशतक छोएपछि आउट हुनुभयो । भुर्तेलको यो अन्तर्राष्ट्रिय टि२० मा छैटौँ अर्धशतक भएको छ । 

अर्का प्रारम्भिक ब्याट्समयन आसिफ शेख सात रनमा स्पीनर आयान खानको बलिङमा बोल्ड हुनुभयो । आयानले आप्mनो पहिलो ओभरमा नै विकेट लिनुभएको हो । १७ वर्षीय आयनले आप्mनो अर्को ओभरमा विस्फोटक ब्याट्सम्यान कुशल मल्ललाई रनको एक रनमै बोल्ड गरेर युएइलाई खेलमा फर्काउनुभयो । 

यसैगरी कप्तान रोहित पौडेल १७ बलमा १८ रन बनाएर विकेटपछाडि क्याच आउट हुनुभयो । दिपेन्द्रसिंह ऐरी पनि १५ बलमा एक चौका र एक छक्कासहितको संक्षिप्त पालि खेलेर पवेलियन फर्कनुभयो । दिपेन्द्र अली नासिरको बलिङमा बोल्ड हुनुभएको हो ।

त्यसपछि सन्दीप जोरा १० रनमा जहुर र सोमपाल कामी १३ रनमा आयानको शिकार बन्नुभयो । अलराउन्डर गुलसन झाको ब्याट्बाट पाँच रनमात्र निस्किए । पुछारका करण केसीले १७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै अविजित २३ रन बनाएपछि मात्र नेपालले युएइलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सक्यो । युएइका लागि आयानले चार ओभरमा मात्र १६ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । आयान नै फाइनलमा म्याच अफ दि म्याच बन्नुभयो ।

युएइले जवाफमा पहिलो ओभरमा नै १७ रन बटुलेर राम्रो सुरुआत गर्यो । कप्नान मोहम्मद वासिमले २२ बलमा सात चौका र दुई छक्कासहित ४५ रन बनाएपछि खेल एकपक्षीय देखिएको थियो । गुल्सनले आप्mनो पहिला ओभरमा वसिमलाई बोल्ड गरेर नेपाललाई खेलमा फर्काउनुभएका हो । वासिमको विस्फोटक पालिमा दुई जीवनदान पनि सामेल थियो ।

वासिम आउट भएको तीन ओभरपछि अर्का प्रारम्भिक ब्याट्सम्यान आर्यन्स शर्मा पनि २५ रनमा पवेलियन फर्कनुभयो । कुशलको बलिङमा थर्ड म्यानमा जोराको दर्शनीय क्याचमा आर्यन्स क्रिज छोड्न बाध्य हुनुभएको हो । एघारौँ ओभरमा गुल्सनले तेज गतिमा रन बनाउन कहलिएका आसिफ खानलाई सात रनमा अविनाश बोहराबाट क्याच आउट गराउनुभयो । तर वृत्य अरविन्द (२६ रन), बासिल हामिद (१६ बलमा अविजित २२ रन) ले नेपाललाई खेलमा फर्किन दिनुभएन । युएइलाई अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा हामिदले छक्का प्रहार गरी जित दिलाउनुभयो । नेपालका लागि अविनाश बोहरा र गुलसनले दुई–दुई तथा कुशलले एक विकेट लिनुभयो ।

ताजा समाचार

Related Articles