तरुण दलद्वारा स्थापना दिवसमा खाद्यान्न सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १० गते ।
नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा तरुण दल मकवानपुर जिल्ला समितिले अनाथ अपाङ्ग बाल पुनसर््थापना केन्द्रमा खाद्यान्न सहयोग गरेको छ ।
तरुण दलको ७१ औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा तरुण दल मकवानपुरले हेटौँडा उपमहानगरपालिका १४ मा रहेको केन्द्रमा खाद्यान्न प्रदान गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेस मकवानपुरका जिल्ला सचिव ईश्वर पाठक, तरुण दलका केन्द्रीय सदस्य गोपी दाहाल, कांग्रेस महाधिवेशन प्रतिनिधि शङ्कर न्यौपानेलगायतले केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।
तरुण दल मकवानुरका अध्यक्ष लिलाराज सापकोटा (सन्तोष)ले तरुण दलले आफ्नो स्थापना दिवसका अवसरमा केन्द्रमा खाद्यान्न सहयोगलाई निरन्तरता दिँदै चामल, दाल, तेल, आलुलगातका खाद्यान्न सहयोग गरिएको बताउनुभयो ।
हाल केन्द्रमा १४ जना बालबालिका आश्रित रहेका छन् ।

ताजा समाचार

Related Articles