१० टनभन्दा बढी कोकिन बरामद

लोकप्रिय

काराकास (भेनेजुएला), कात्तिक १० गते । 

भेनेजुएलामा प्रहरी र सैन्य कारवाहीका क्रममा १० टनभन्दा बढी कोकिन बरामद भएको अधिकारीहरूले बताएका छन् । यो गत वर्ष बराबद गरिएको सबै बरामदको करिब एक चौथाइ बराबर हो ।

“कुल १० हजार चार सय किलोग्राम कोकिन हाइड्रोक्लोराइड बरामद गरेर जलाइएको छ”, मुलुकका लागू औषध विरोधी एजेन्सीका प्रमुख रिचर्ड लोपेजले सामाजिक सञ्जाल एक्समा भन्नुभयो । कोकिन हाइड्रोक्लोराइडले अवैध औषधिको पाउडरलाई दर्शाउँछ ।

लोपेजका अनुसार भेनेजुएलाले यो वर्ष करिब ५१ टन लागू औषध बरामद गरिसकेको छ । त्यस्तै यो वर्ष १३ हजारभन्दा बढीलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । प्रहरीले १३ प्रयोगशाला, एक रसद केन्द्र, हतियार र विस्फोटक पदार्थ बनाउने कारखानासहित तीन कोकिन उत्पादन शिविर ध्वस्त पारेको लोपेजले बताउनुभयो ।

अधिकारीहरूले कोलम्बियाको सीमामा उत्तरपश्चिमी जुलिया राज्यमा तीन दिनसम्म गरेको कारवाहीमा कुनै पनि गिरफ्तारीको सूचना दिएको छैन । उक्त राज्यमा यो वर्ष सबैभन्दा धेरै लागू औषध बरामद गरिएको छ । लागुऔषध विरोधी एजेन्सीका अनुसार सन् २०२२ मा ४१ टनभन्दा धेरै नशालु पदार्थ बरामद गरिएको थियो । रासस/एएफपी

ताजा समाचार

Related Articles