मन्त्री श्रेष्ठद्वारा प्रहरी चौकी भवन उद्घाटन

लोकप्रिय

हेटौँडा, कात्तिक १३ गते ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सिन्धुपाल्चोकमा निर्माण गरिएको प्रहरी चौकी भवन, ढाँडेको उद्घाटन गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नव–निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल प्रहरीलाई शान्ति सुरक्षा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि प्राविधिक क्षेत्रमा समेत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरुसरल सहयात्री पौडेल, अमृता नेपाल, कुमारी तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याम्वो, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, प्रदेश प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणालगायतको उपस्थिति रहेको थियो । साथै आन्तरिक मामिला तथा कानुनमन्त्रीज् श्रेष्ठले कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles