गाँजा फडानी गर्दै प्रहरी

लोकप्रिय

हेटौँडा, कात्तिक १४ गते ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरी टोलीले जिल्लाको पश्चिमी क्षेत्रमा अवैध रुपमा लगाइएको गाँजा खेती फडानी सुरु गरेको छ ।
मकवानपुर राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा प्रहरीले गाँजा खेती फडानी गरेको हो ।
राक्सिराङ गाउँपालिका ९ को सोराङ, रुन्चेवाङ, डनटार, झरना साईड क्षेत्रमा करिब १५ बिगाहा र राक्सिराङ ४ को जयसिङ ताल र यतिखोला क्षेत्रमा २७ बिगाहा ३ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै कैलास गाउँपालिका ९ को गैरीखेत, साखिनी र वडा न.१० को बाजोखेत क्षेत्रमा करिब १९ बिगाहा क्षेत्रफलमा लगाइएको गाजाँ फडानी गरिएको छ । यसबिच मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूयप्रसाद सेढाई र प्रहरी प्रमुख सीताराम अधिकारीसहितको टोली गाँजा फडानी गरिएको नामटार क्षेत्रमा पुग्नुभएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles