सहकारीको अनुगमन गर्दै उपमहानगरपालिका

लोकप्रिय

हेटौँडा, कात्तिक १४ गते ।

कतिपय सहकारी संस्थाहरुले शेयर सदस्यहरुको बचत फिर्ता र ऋण लगानी गर्न नसकेर बन्द गर्दै गरेको अवस्थामा हेटौँडा उपमहानगरपालिकाले अनुगमन सुरु गरेको छ ।
उपमहानगरक्षेत्र कार्यक्षेत्र बनाएर कारोबार गरिरहेका सहकारीको सहकारीको अवस्थाको बारेमा मङ्गलबारबाट अनुगमन थालिएको हो ।
बजारमा देखिएको आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्याको बारेमा जानकारी लिन उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको नेतृत्वको टोलीले नगर क्षेत्रका सात वटा सहकारीको अनुगमन गरेको छ । अनुगमनमा संलग्न उपमहानगरका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले सहकारीले गरिरहेको कारोबारको अवस्था, शेयर सदस्यमा सहकारीप्रतिको विश्वसनियता, बजेट खर्चकलगायतका बारेमा जानकारी लिएको बताउनुभयो ।
अनुगमन टोलीले हेटौँडा–२ को साईराम, परिचय, हेटौँडा–१ को अग्रगती, हेटौँडा–१० को सुख समृद्धि, हेटौँडा–७ को हेटौँडा, सृजना बचत तथा ऋण र हेटौँडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको पारदर्शिता, आर्थिक विश्वसनियताको बारेमा जानकारी लिएको छ । अनुगमनका क्रममा उपमहानगरले अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या र स्थानिय तहबाट समाधानका लागि हुनसक्ने सहजीकरणका बारेमा छलफल गरिएको थियो ।

ताजा समाचार

Related Articles