हेटौंडा, पुस २३ गते ।
राष्ट्रियसभा सदस्य निवार्चनमा नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।
महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको हो ।
निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराउन एमालेका नेता तथा कार्यकर्ता पुगेका थिए ।
चार जनामध्ये सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले भागबण्डा गरेका छन् ।
एमालेका तर्फबाट रोचकुमारी चौलागाईँ, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।