घटेन भुकम्पीय जोखिम

लोकप्रिय

काठमाडौँ, माघ २ गते ।
नेपालमा पटक-पटक गएका भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। भूकम्प जाँदा तत्कालका लागि क्षति र जोखिमका बारेमा धेरै चर्चा भएपनि लामो समयपछि नीति निर्माणदेखि आम मानिसमा यसबाट पुगेको क्षति विर्सने गरेको पाइन्छ । दिवस र अवसर पारेर वोल्ने बाहेर सिधै भूकम्पीय सुरक्षाको बारेमा काम भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भौतिक संरचनाको बीमा गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । तर यसका लागि सरकारी तयारीका बारेमा भने उहाँले थप स्पष्ट पार्न सक्नुभएन । बरु मन्त्रिपरिषद्ले यसबारे अध्ययन गर्ने आश्वासन भने दिनुभयो ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन , घाइते हुन र कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस भन्नका लागि सबैले मिलेर काम गर्न आह्वान पनि गर्नुभयो ।

स्थानिय श्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नाराका साथ २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा हरेक बर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमम गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै स्थानिय पालिकाहरुलाई आफ्नो पालिकाभित्र भएका भवन तथा संरचनाहरुको जोखिम आंकलन गर्न र नयाँ बन्ने संरचनाहरुमा राष्ट्रिय भवन संहिता पालना गर्ने कार्यलाई गम्भिरताका साथ दिन अनुरोध गर्नूभयो ।

शहरी विकास मन्त्री सिता गुरुङले भवन निर्माण सम्बन्धी विभिन्न मापदण्डहरु तर्जुमा भइ लागु भएको अवस्था भएपनि प्रभावकारी ढंगबाट मापदण्ड कार्यान्वयन हुन नसकेको स्वीकार्नुभयो ।

कार्यक्रममा विभिन्न इन्जिनियरिङ्ग अध्ययनरत बिद्यार्थीहरुद्धारा तयार पारिएको भुकम्प प्रतिरोधी भवनको प्रदर्शनी, भूकम्प पश्चात घाईतेहरूको कसरी उद्धार गर्ने भन्ने बारे पुर्वाअभ्यास गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीले भूकम्पको खोज तथा उद्धारमा प्रयोग गरिने औजार तथा सामाग्रीहरुको प्रदर्शन, लगायतको सचेतनामुलक कार्यक्रमहरु, २६ पटा स्टलमार्फत प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा भूकम्पले भन्दा पनि मानिसले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने हुनाले बलियो पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक चन्द्रागिरि नगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौंको नैकाप खेल परिषरमा आयोजना गरिएको कार्यक्रमको अवलोकनकर्ताहरुले भुकम्पबाट बच्न सर्वप्रथम आफुँनै सचेत हुनुपर्ने प्रतिक्रिया दिए भने सरकारबाट व्यापक जनचेतना पुर्‍याउन बाँकी रहेको बताए ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

ताजा समाचार

Related Articles