आन्तरिक पर्यटकको गन्तव्य बन्दै राप्ती नदी किनार

लोकप्रिय

हेटौँडा माघ १५ गते ।
पछिल्लो समयमा मकवानपुर र आसपासका जिल्लाका बासिन्दाहरुको वनभोज खाने र रमाइलो गर्ने स्थलमा राप्ती खोलाको किनार र नदी उकास जमिन परिणत हुँदै गएको छ ।

हरेक वर्ष दसैँपछिको शनिबार र बिदाका दिनमा मकवानपुरसँगै आसपासका जिल्लाका बसिन्दाहरु मकवानपुरको भीमफेदाी गाउँपालिका पर्ने सामारी खोलादेखि भैंसेसम्मको खोलाको बगरमा जम्मा भएर वनभोज गर्ने ठूलै सङ्ख्यामा पुग्ने गरेका छन् । सामरी, बाघझोरा, त्रिखण्डीलगायतका राप्ती खोला किनारका बगरमा अन्य बिदाका दिन जस्तै शनिबार पनि मकवानपुरसँगै तराईका जिल्लाबाट वनभोज र रमाइलो गर्नेहरु आइपुगेका थिए ।

रमाइलो गर्न व्यक्तिगत मात्र होइन टोल छिमेक मिलेर त कतिपय संस्थागत रुपमा गैरसरकारी तथा सहकारी संस्थालगायत बाट आउने गरेको पाइन्छ । संस्थागत रुपमा पिकनिकदेखि साधारणसभा गर्नेहरुको समेत रोजाइको स्थल भन्दै गएको छ अहिले खोलाको बगर ।

शनिबार बाघझोरा, त्रिखण्डीलगायतका स्थानमा नाचगान, खानपिनमा त कोही सुखदुःखको कुरा आदानप्रदान गर्न व्यस्त थिए ।

त्रिखण्डी नजिकै रहेको बगरमा पिकनिक सेडसहित वनभोजका लागि आउनेहरुको सहजताका लागि पानी, शौचालय, विश्रामस्थललगायतको व्यवस्था गरिएको छ । उक्त स्थललाई पार्क अवधारणामा पालिका, सामुदायिक वन र स्थानीयले विकास गर्दै लगेका छन् ।

मकवानपुरसहित तराईका जिल्लाहरुबाट दर्जनौंको सङ्ख्यामा विद्यालय, कलेजलगायत सङ्घसंस्थाबाट पिकनिक आएकाहरुका कारण शनिबार सामरी, बाघझोरा, त्रिखण्डीलगायतका क्षेत्रको रौनक बढेको थियो ।

ताजा समाचार

Related Articles