राष्ट्रिय पुरुष हेटौँडा रन हुने

लोकप्रिय

हेटौँडा, फागुन १४ गते ।
हेटौँडा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हेटौँडामा खुला राष्ट्रिय पुरुष हेटौँडा रन प्रतियोगिता आयोजना हुनेभएको छ । विगतका वर्षमा जिल्ला स्तरीय प्रतियोगितामा हुँदै आएको हेटौँडा रनलाई यो वर्षबाट राष्ट्रिय प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको हो ।
हेटौँडा उपमहानगरापालिकाको सहयोगमा हुने प्रतियोगिता यही फागुन १८ गते हुने राष्ट्रिय पुरुष हेटौँडा रन प्रतियोगिताका बारेमा आईतबार उपमहानगरपालिकामा नगर खेलकुद विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
हेटौँडाको बुद्धचौकबाट सुरु भएर हेटौँडा–५ स्थित पिप्ले पुगेर पुनः बुद्धचौकमा आई पाँच किलोमिटर दुरी धावकले तय गर्नुपर्ने छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले दौडमा सहभागी हुन १६ वर्ष उमेर पुरा भएका नेपाली नागरिक हुनुपर्ने जानकारी दिँदै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः ६०, ५०, ४० हजार रुपियाँ पुरस्कार पाउने बताउनुभयो । प्रोत्साहन स्वरुप दुई जनालाई जनही १०÷१० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
उपमहानगरपालिका खेलकुद शाखाका प्रमुख वसन्त सिटौंैलाले प्रतियोगितामा सय जनाको सहभागिता रहने अनुमान गरिएको बताउनुभयो ।
समितिले मेयर कप फुटबल र व्याटमिन्टन प्रतियोगिता आगामी दिनमा सञ्चालन गर्ने जनाएको छ ।

ताजा समाचार

Related Articles