१५३.४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

लोकप्रिय

रसुवा, फागुन २३ गते ।
रसुवामा निमार्णाधीन जलबिद्युत आयोजनाबाट एक महिनाभित्र १५३ दशमलब ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

रसुवाको गोसाईकुण्ड गाँउपालिका एक र दुईमा निर्माण भएको १११ मेगावाटको रसुवागढी तथा आमाछोदिङ्मो गाँउपालिकाको पाँचमा निर्माण भएको ४२.४ मेगावाटको सान्जेनको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको हो ।

यी आयोजनाहरूबाट उत्पादित बिजुली जोडिने प्रसारण लाइनको काम पनि अन्तिम चरणको काम भइरहेको आयोजना प्रमुख थर्क बहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार रसुवाको चिलिमेमा निर्माण भईरहेको तथा नुवाकोटको अर्चलेमा हब निर्माण भईरहेको छ । जलविद्युत् आयोजनामध्ये केही परीक्षणका चरणमा छन् भने केहीको अन्तिम चरणको काम भइरहेको छ ।

प्रसारणलाइन निर्धारित समयमा पूरा भए उत्पादित विद्युत् प्रणालीमा थप भई जडित क्षमता बढ्ने छ । अहिले प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेका रसुवागढी र सान्जेन परीक्षणको चरणमा छन् । रसुवागढीको सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राई टेस्ट) पूरा भएको आयोजना प्रमुख सत्यमोहन ज्याख्वाले बताउनुभयो ।

ताजा समाचार

Related Articles