फागु पूर्णिमा मनाउँदा नकारात्मक असर गर्ने गतिविधि नगर्न आग्रह

लोकप्रिय

हेटौँडा, चैत १० गते ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले फागु पूर्णिमा मनाउँदा कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने गतिविधिहरु नगर्न आग्रह गरेको छ ।
प्रशासनले आइतबार पर्न गएको फागु पूर्णिमा (होलीपर्व) मादक पदार्थसेवन गरी सवारी चलाउने र सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने कार्य नगर्न भनेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले एक सूचना जारी गर्दै नेपालीहरुको साझा पर्व होलीलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन हुन तथा कसैको इच्छा विपरित रङ्ग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ छ्याप्ने कार्य नगर्न आग्रह गर्नुभएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले सभ्य एवम सुरक्षित रुपमा होली पर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
कुनैपनि व्यक्तिको इच्छाविपरित रङ्ग दल्ने, लोला हान्ने कामहरु नगर्न साथै केमिकल, मोसो र फोहोर पानीको प्रयोग नगर्न भन्दै प्रहरी कार्यालयले सुन, चाँदी जस्ता महङ्गा गरगहनाहरु लगाई होली खेल्न नजान भनेको छ ।
साथै घरको छत तथा सडकमा होली नखेल्न र कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा पाएमा प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।
कुनैपनि व्यक्तीको इच्छा विपरित रङ्ग, लोला, मोसो, केमिकल वा फोहोरपानी छ्यापेमा कानुन बमोजिम सजाय गरिने जिल्ला प्रहरी कार्यालय, मकवानपुर जनाएको छ ।

ताजा समाचार

Related Articles