कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक

लोकप्रिय

धुलिखेल, चैत १२ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उहाँले सरकार स्वच्छ छवि बनाएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित हुँदै अगाडि बढेको बताउनुभयो ।

नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उहाँले परिस्थिति अनुकूल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताउनुभयो ।

पार्टीका केन्द्रीय उपमहासचिव डा गङ्गालाल तुलाधरले जनताको घर–घरमा पुगेर पार्टीको बारेमा प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिनुभयो । त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो ।

पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालले निर्वाचित पदाधिकारी र सदस्यले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्दै पार्टी कमिटी मजबुद बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।

पार्टीको १०औँ जिल्ला अधिवेशनबाट वसुन्धरा हुमागाईँको अध्यक्षतामा उपाध्यक्ष द्वय रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम र उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, कृष्णबहादुर तामाङ र भेषराज शाह लगायत भूगोल, खुला, अल्पसङ्ख्यक, दलित र अपाङ्गतातर्फ गरी ५७ सदस्यीय समिति निर्वाचित भएको थियो ।

ताजा समाचार

Related Articles