राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण

लोकप्रिय

पर्वत, चैत १३ गते ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पार्नुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्नुहुँदै उहाँले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।

मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिक मन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । ” एमाले केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गिरीले एमाले पर्वतको दशौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्न सुझाव दिनुभयाे ।

ताजा समाचार

Related Articles