बागमती प्रदेश सरकारको प्रिबजेट मङ्गलबार आउँदै

लोकप्रिय

हेटौँडा, जेठ १ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता आज मङ्गलबार आउने भएको छ ।
प्रदेश सरकारको दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारले सिद्धान्त र प्राथमिकता (प्रिबजेट) पेस गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नु हुने छ ।
यसै अधिवेशनमा अवधिमा प्रिबजेटको छलफलपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।

ताजा समाचार

Related Articles