बागमती प्रदेशको बजेटको आकार बढ्यो

लोकप्रिय

हेटौँडा, असार २ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको शनिबार असार १ गते प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै पूर्वाधार विकासलाई जोड दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि आगामी आवलाई २२ करोड ६४ अर्ब रुपियाँ विनियोजन गरिएको छ । चालु आवमा २१ करोड ६६ अर्ब रुपियाँ विनियोजन गरिएको थियो ।
त्यसपछि खानेपानी उर्जा तथा सिचाइँ मन्त्रालयका लागि छ अर्ब ९३ करोड विनियोजन गरिएको छ ।
चालु आवमा यस मन्त्रालयका लागि सात अर्ब ४६ करोड रुपियाँ विनियोजन गरिएको थियो ।
बजेटमा वडा समाजवादी कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, प्रदेश अस्पतालहरुको भौतिक पूर्वाधार विस्तार र एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
आगामी आवको कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्न ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बराबरको बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेटमध्ये चालु २६ अर्ब १० करोड १६ लाख ८२ हजार, ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो ।
कुल विनियोजन भएको बजेटमध्ये चालुतर्फ ४०.४४ प्रतिशत, ५७.२३ पुँजीगततर्फ र वित्तीय व्यवस्थातर्फ २.३ प्रतिशत रहेको छ ।
मन्त्री थपलियाले आगामी आवको बजेटको खर्चको बेहोर्ने स्रोत कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट छ अर्ब ५१ करोड १६ लाख ७९ हजार, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख र
चालु आवको अनुमानित संचित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार रुपियाँ भएको जानकारी दिनुभयो ।
चालु आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको थियो ।

ताजा समाचार

Related Articles