इतिहास बोकेको चुरियामाई सुरुङमार्ग

लोकप्रिय

मकपानपुर- बारा र मकवानपुरको सिमानामा पर्ने १ सय ७ वर्ष लामो इतिहास बोकेको चुरीयामाई सुरुङमार्गको प्रवलीकरण कार्य सकिएको छ ।

जीर्ण अवस्थामा रहेको दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३ करोड ३६ लाख १३ हजार रुपैयाँ बजेट लागतमा २०७८ साल साउनबाट प्रवलीकरण कार्य थालिएको थियो ।

साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको सुरुङ मार्गको एक छेउ खोल्नै नसकिए पछि दूरी घटेर २ सय १५ मिटर लम्बाई रहेको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरी ओझाले बताउनुभयो ।

बारा र मकवानपुर जिल्लालाई जोड्ने यो सुरुङ मार्गमा २०२० सम्म सवारी साधन चल्ने गरेको ज्येष्ठ नागरिकहरु स्मरण गर्छन् । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमसेरको निर्देशनमा नेपालका प्रथम ग्राजुएट सिभिल ईन्जिनियर डिल्लीजंग थापाले सन् १९७४ मा यो सुरुनमार्गको डिजाइन गरेका हुन् ।

सुरुङ मार्ग संरक्षणको जिम्मा हेटौंडा उपमहानगरपालिकालाई दिएर पर्यटक आकर्षण तथा अध्ययन अनुसन्धानमा प्रयोग गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

ताजा समाचार

Related Articles