सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

लोकप्रिय

काठमाडौँ, पुस २० गते । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू. दुई हजार बढेको हो ।

बिहीबार प्रतितोला रू. एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार रु. एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला रू. २० बढेको छ । शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला रू. एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

ताजा समाचार

Related Articles