हेटौँडाको रातोमाटे र सिन्धुलीको भिमानमा सुरक्षा जाँच चौकी निर्माण गरिने

लोकप्रिय

हेटौँडा, पुस २० गते ।
बागमती प्रदेश सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामध्ये पहिलो चरणमा दुई स्थानमा एकीकृत सुरक्षा जाँच चौकी निर्माण गर्नेभएको छ ।
प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकाको रातोमाटे र सिन्धुलीको भिमानमा अत्याधुनिक सुरक्षा जाँच चौकी निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनमा शुक्रबार सुरक्षा जाँच चौकी स्थापनाको लागि प्रारम्भिक चरणमा सुरक्षा जाँच चौकी निर्माणको आवश्यकता, स्थान पहिचानलगायतका विषयमा हेटौँडा उपमहानगरपालिका १४ स्थित रातोमाटेमा सरोकारवालाहरुसँग छलफल गरिएको छ ।
प्रदेश सरकारले पहिलो चरणमा मधेश प्रदेशको प्रवेश विन्दु हेटौँडा उपमहानगरपालिकाको रातोमाटे र सिन्धुली जिल्लाको भिमानमा सुरक्षा जाँच चौकी स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
प्रदेश सरकारले गत आर्थिक वर्षबाटनै प्रदेश सरकारले सुरक्षा जाँच चौकी निर्माण गर्न बजेट विनियोजन गर्न सुरु गरेको हो ।
सुरक्षा जाँच चौकी स्थापना गर्न सिन्धुलीको भिमानमा जग्गा प्राप्तिको लागि प्रक्रिया अगाडि बढेको भन्दै मन्त्रालयका सचिव दर्जीले हेटौँडाको रातोमाटेमा स्थान पहिचानपछि विस्तृत परियोजना प्रस्ताव तयार र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
छलफल कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले सुरक्षा व्यवस्थालाई सुदृढ गर्न प्रविधिको प्रयोग आवश्यकभएको बताउँदै प्रदेशको आन्तरिक सुरक्षाका लागि पनि सुरक्षा जाँच चौकी स्थापना गर्न लागेको बताउनुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार र स्थानीय सरकारको राजस्व अभिवृद्धिमा समेत सहयोग पु¥याउने लक्ष्यसहित सुरक्षा जाँच चौकी स्थापना गर्न लागेको जानकारी दिनुभयो ।
प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले प्रदेश प्रवेश गर्ने नाका सुरक्षा जाँच चौकी आवश्यकभएको बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, हेटौँडा उपमहानगरपालिका वडा नं. १५ का कावा वडाध्यक्ष ंिसंहबहादुर लो, हेटौँडा १४ का स्थानीय बलराम बललगायतले सुरक्षा जाँच चौकी स्थापना गर्दा स्थानीय बासिन्दासँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

Related Articles