सत्तारुढ प्रदेश सभाका सदस्यकै असन्तुष्टि

लोकप्रिय

हेटौँडा ।
बागमती प्रदेशको प्रदेशको बैठकमाबागमती प्रदेश सरकारको काम प्रति सत्तारुढ प्रदेश सभाका सदस्यकै असन्तुष्टि जनाएका छन् ।
प्रदेश सभाको बिहीबारको विशेष समयमा धारणा राख्दै प्रदेश सभाका सदस्यहरुले निर्वाचन क्षेत्र केन्द्रित हुँदै समस्या राख्दै सरकारको काम सुस्त भएको भन्दै प्रदेश सभा सदस्यहरुले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रदेश सभा सदस्यहरुले समानुपातिक प्रदेश सभा सदस्यप्रति सरकारले न्याय नगरेको गुनासो गर्दै नागरिकलाई दिने सेवा सुविधाप्रति गम्भीर हुन आग्रह गर्नुभयो ।
प्रदेश सरकारले विपत्को पूर्व तयारी नगरेको र विपत्पछिको काम पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै प्रदेश सभा सदस्यहरुले भन्नुभयो प्रदेश सरकार कता छ खोज्नुपर्ने अवस्था आएको छ ।
प्रदेश सभा सदस्यहरुले विशेष समयमा प्रदेश सरकारले कानुन निर्माणमा ढिलाई गरेको बताउनुभएको थियो ।
प्रदेश सभा सदस्य ओमकुमारी श्रेष्ठले प्रदेश महिला स्वस्थ नभई समाज स्वथ्य हुँदैन भन्दै प्रदेशस्तरीय प्रसुति सेवा अस्पताल निर्माण गर्न माग गर्नुभयो।
प्रदेश सभा सदस्य अमृता नेपालले ठुला योजनाको बजेट कार्यान्वयनमा ढिलासुस्ती रहेको ।
यस्तै प्रदेश सभा सदस्य आशा लामाले बजेट पुस्तिकामा भएका योजना कार्यान्वयन गर्ननै समस्या भएको र वडा कार्यालयबाट सिफारिश लिन रिजाउनुपर्ने र योजना उल्टोपाल्टो नाम हुँदा समस्याभएको बताउनुभयो ।
प्रदेश सभा सदस्य जगन्नाथ थपलियाले चितवनमा जङ्गली हात्ती र गैंडाको आतंकबाट नागरिक त्रासमा रहेको भन्दै नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभयो ।
यसै गरी प्रदेश सभा सदस्य इश्वर सापकोटाले किसानले उत्पादन गरेको तरकारीले मुल्य नपाएको भन्दै उचित मुल्य पाउनुपर्ने धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य उद्धब थापाले पर्यटन प्रवद्र्धनमा प्रदेश र संघ मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्यहरु उर्मिला सुनुवार, केशवप्रसाद पोखरेल, राजु विष्ट, मायादेवी शर्मा, राजेन्द्र प्रजापतिलगायतले आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानी, ढल, सडक, स्वास्थ्यलगायतका विकास निर्माणका समस्या राख्नुभएको थियो ।
प्रदेश सभाको बैठकमा मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्रदेश लोकसेवा आयोग बागमतीको पाँचौ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles