हेटौँडामा राष्ट्रिय निर्माण महोत्सव

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
निर्माण व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ जारी रहेको छ ।
निर्माण उद्योगसँगै लगानीमैत्री वातावरण निर्माण र स्थानीय उत्पादन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको हो ।
आयोजक संस्था निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले निर्माण उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा सुरुभएको महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, सूचना प्रविधि, कपडा, विभिन्न खानाका परिकार, हस्तकलालगायत उत्पादनको बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ ।
महोत्सव यही फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको यसअघि गत मङ्गलबारबाट गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles