हेटौँडामा मृग घाइते अवस्थामा फेला

लोकप्रिय

हेटौँडा, फागुन १६ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १० राप्तीरोडस्थित नेपाल टेलिकम अगाडि मृग घाईते अवस्थामा फेला परेको छ ।
शुक्रबार बिहान नेपाल टेलिकम अगाडि सडकको छेउमा घाइते अवस्थामा मृग फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाईते मृगलाई उद्वार गरी पशु सेवा कार्यालय हेटौँडा मकवानपुरमा उपचार भईरहेको छ ।
प्रहरीका अनुसार उक्त मृग जिल्ला वन कार्यालय मकवानपुरको जिम्मामा लगाईएको र मृग के–कसरी घाईते भएको भन्ने अनुसन्धान कार्य भईरहेको छ ।
यसैबिच मकवानपुरको थाहा नगरपालिका ३ स्थित ओखरखोलामा कुकुरको आक्रमणबाट घाइतेभएको गृग उपचारको क्रममा मरेको थियो । सोमबार साँझ ६ बजे ओखरखोलामा दुई वटा कुकुरले आक्रमण गरी घाइते बनाएको मृग उपचारको क्रममा मरेको हो ।

ताजा समाचार

Related Articles