हेटौँडा, फागुन १७ गते ।
मकवानपुरको मनहरी गाउँपालिका ६ खयरघारी मरुङगेताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट घाईते भएका छन् ।
स्थानीय वर्ष ३५ का राम दिनेश कुशवार शनिबार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्न जाने क्रममा गैंडाको आक्रमणबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाईते कुशवारलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको र दाहिने खुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार आक्रमणपछि गैंडा वन तिर भागेको छ ।