चट्याङ लागेर तीन जना घाईते

लोकप्रिय

हेटौँडा, फागुन १७ गते ।
मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा शनिबार दिउँसो चट्याङ लागेर तीन जना घाईतेभएका छन् ।
स्थानीय मङगल मुक्तान घर बाहिर बसिरहेको अवस्थामा एक्कासि चट्याङ लागि मङ्गल मुक्तानसहित तीन जना घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घाईते हुनेमा मङ्गलका छोरा वर्ष १८ का कल्सान मुक्तान र
बहिनी नाता पर्ने सोही स्थानमा बस्ने वर्ष २७ की कालिमान बल रहेको जनाएको छ ।
चट्याङ लागेर ३८ वर्षीय मुक्तान र कालिमानको छातीमा भित्री चोट लागेको र मुखबाट रगत निस्किएको छ ।
घाइतेको भरतपुरस्थित अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles