काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले तिराएको जरिवाना भरपाई गरेको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍याली गर्ने क्रममा राप्रपाले फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

आज राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेसमक्ष रु १ लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गर्नुभएको हो ।

यसबारे फेसबुकमा जानकारी गराउँदै प्रमुख सचेतक शाहीले लेख्नुभएको छ– हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ  रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।