हेटौँडा, फागुन २७ गते ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्नभएको छ ।
पालिकाको पाँच वटै वडामा “जागरुक अभिभावक,शिक्षित सन्तान“ भन्ने मूल नाराका साथ कार्यक्रमभएको थियो ।
इन्द्रसरोवर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं. ४ अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक तथा अध्यापकहरूका लागि कालिका माध्यमिक विद्यालयमा सोमबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्नभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार बलज्यूको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, निवर्तमान पालिका अध्यक्ष जीवन लामा, शिक्षा विकास तथा समन्वय एकाई, मकवानपुरका एकाई प्रमूख सुदीप गिरी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, शिक्षा शाखा प्रमुख धर्मानन्द पन्त, कार्यपालिका सदस्य सावित्री सुनार, विषय विज्ञ तथा बृहत् राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरे, शिक्षाप्रेमी धीरज बल, सगुन संस्था काठमाडौँका कार्यकारी प्रमुख महन्त बाबु महर्जन, बृहत् राष्ट्रिय शिक्षा अभियानका अभियन्ता छेडुप लामालगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
फागुन महिनाको २३ गतेदेखि सुरु भएको यस अभिभावक शिक्षा कार्यक्रम वडा नं. १ हुँदै ५ वटै वडामा सञ्चालन भएको थियो ।