हेटौँडा, फागुन २८ गते ।
मकवानपुरको थाहा नगरपालिका १० स्थित चित्लाङमा हरेक १२ वर्षमा लाग्दै आएको बाह्र वर्षे नाच अन्तर्गत बाह्रौँ चरणको नाच प्रदर्शनी सम्पन्नभएको छ ।
थाहा नगरपालिका १० स्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिको व्यवस्थापनमा सञ्चालन गरिएको नाचका नाचका गुरु र कलाकारहरुको सम्मानसहित बाह्रौँ चरणको नाच प्रदर्शनी गर्दै बुधबार सम्पन्नभएको हो ।
थाहा नगरपालिका वडा नं. १० स्थित टौखेल डबलीमा भएको बाह्र वर्षे नाचको समापन एवं सम्मान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले हाम्रो धर्म संस्कृति हनाउनु भनेको हाम्रो अस्तित्वसमेत हराउनुभएको बताउनुभयो ।
उहाँले संस्कृति भनेको सम्पत्ति हो र हाम्रो संस्कृति र कलाले पर्यटन प्रबद्र्धन र आयआर्जनमा सहयोग पुग्ने भन्दै संस्कृति लोप हुँदै गएको छ तर यसको संरक्षण आवश्यक छ, यसलाई जिवन्त राख्नु पर्छ भन्नुभयो ।
समितिका संयोजक दीपक गोपालीले गोपाली समुदायको गुठियार गाउँ थाहा नगरपालिकास्थित टौखेल,न्हुलगाउँ र अम्पुडोलसँगै काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ४ थानकोटमा प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार बिहान नाच सकेर पूजाआजा गरी गुरुहरुलाई सेतो फेटा लगाइने द्ध ।
गोपाली सनातनी संस्कृतिमा प्रत्येक बाह्र वर्षमा एकपटक बाह्र बर्र्से नाच राख्नु पर्ने र बाह्र बर्से नाचलाई बाह्र चरण नचाई देखाउनु पर्ने प्रचलनअनुसार यो वर्ष हाम्रो गुठियारले ‘महाभारत कथा’ मा आधारित नाच तयार गरी प्रदर्शनी गरिएको थियो ।
गत कात्तिक १ गतेबाट चम्पाकेश्वर महादेव जात्राको दिनदेखि सुरुभएको हो ।
हरेक बाह्र वर्षमा लाग्ने ऐतिहासिक एवं धार्मिक महत्वको नाच यो वर्ष महाभारत काण्डमा आधारित कथामा आधारित भएर प्रदर्शनी गरिएको छ ।
महाभारत कथामा आधारित उक्त नाचमा महाभारत कथाका पात्रहरु रहने उक्त नाचमा पाण्डबहरुले जुवा खेल्ने, अन्तिममा दुर्योधन र भीमका बिच लडाई हुनेलगायतका श्रृङ्खला प्रदर्शन हुने छ ।
नाचमा गुरु र कथाका पात्र गरी करिब ९० जना रहेका थिए ।