नापतौलका उपकरण दर्ता तथा नवीकरण

लोकप्रिय

हेटौँडा, फागुन २८ गते ।
गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जको टोलीले मकवानपुर उद्योग वाणिज्य सङ्घको समन्वय तथा व्यवस्थापनमा मकवानपुर जिल्लामा व्यवसायीहरुको नापतौलका उपकरणहरु जाँच, दर्ता तथा नविकरण गरेको छ ।
तीन दिनेसम्म जिल्लाको विभिन्न स्थानमा भएको नापतौलका उपकरणहरु जाँच, दर्ता तथा नविकरण कार्यक्रम अन्तर्गत १४३ जना व्यवसायीले आफ्नो नापतौल उपकरण दर्ता तथा नविकरण सेवा लिएको सङ्घले जनाएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ भवन, भीमफेदी, हेटौँडा बसपार्कस्थित माछामासु बजार र चौघडा बजारमा नापतौल उपकरणहरु दर्ता तथा नविकरण सेवासँगै अन्य ईच्छुक व्यवसायीहरुलाई जानकारीमूलक परामर्श दिइएको थियो ।
व्यवसायीले आफ्ना बस्तु बिक्रीको क्रममा प्रयोग गर्ने नापतौल उपकरणहरु नियमित जाँच, दर्ता तथा नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
मकवानपुर जिल्लाका व्यवसायीहरुले आफ्नो कार्यस्थलमा प्रयोग गर्ने नापतौल उपकरणहरु गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जबाट जाँच गराइ दर्ता तथा नविकरण गर्नुपर्ने व्यवस्था रहेकोमा जिल्लाका विभिन्न स्थानबाट वीरगञ्जसम्म गइ नापतौल उपकरण दर्ता तथा नविरकण गर्न सहजता नहुनेभएकोले सङ्घको समन्वय तथा व्यवस्थापनमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जबाट आएको टोलीले नापतौल उपकरणहरु जाँच, दर्ता तथा नविकरण गर्दैआएको छ ।
त्यसैगरी सुनचाँदी व्यवसायीहरुलाई सङ्घको सहजिकरणमा नापतौल सम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो ।

ताजा समाचार

Related Articles