मजदुर र किसानसँगको सम्बन्ध सुधार गर्न शान्तिपूर्ण अभियान

लोकप्रिय

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मजदुर र किसानसँग कमजोर भएको सम्बन्ध सुधार गर्न शान्तिपूर्ण अभियान चलाइने  बताउनुभएको छ ।

बुटवलमा मगर मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब विगतका गल्ती नदोहोर्‍याई मजदुर र किसानसँग सम्बन्ध सुधार्न शान्तिपूर्ण अभियान चलाइने जनाउनुभयो ।

उहाँले सरकारका गलत कामप्रति खबरदारी गरिरहने बताउनुभयो । अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको सक्रियताबाटै अहिलेका उपलब्धि हासिल भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles