अलैँचीको मूल्यमा गिरावट

लोकप्रिय

ताप्लेजुङ । कालो सुनको उपमाले चिनिएको अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा परेका छन् ।

दुई साता अघिसम्म प्रतिमन ४० केजीको एक लाख १५ हजारको दरले किनबेच भएको अलैँचीको एकासी मूल्यमा गिरावट आएसँगै कृषक तथा व्यवसायीहरू चिन्तित बनेका हुन । दुई सातामा जिल्लामा १९ देखि २० हजार प्रतिमनमा गिरावट आएको छ ।आज (मङ्गलवार)ताप्लेजुङमा अलैँची प्रतिमान ९५ देखि ९६ हजारको दरले मात्र किनबेच भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मी बताउनहुन्छ ।

धेरै कृषकहरूले व्यापारीहरूलाई अलैँची बेचबिखन गरिसकेका छन् भने राम्रो मूल्य आउने अपेक्षामा रहेका व्यापारीहरूले अलैँची गोदममा थन्क्याएर कारण पनि व्यवसायी मारमा परेका अलैँची व्यवसायीहरू बताउने गरेका छन् ।

अलैँचीको देश बाहिरबाट कम माग आएका कारण निर्यात हुन समस्या भएको अध्यक्ष रेग्मी बताउनहुन्छ । भदैको पहिलो साता देखि बजारमा नयाँ अलैँची निस्कन थालेको समयदेखि लगातार बढेको अलैँची दुई साता यता ओरालो लागेको हो ।

लामो समयपछि यसवर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका भएपनि हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी थप मारमा परेको समेत अध्यक्ष रेग्मी बताउनुहुन्छ ।

ताप्लेजुङमा प्रमुख नगदेबालीका रूपमा अलैँची जिल्लाको कुल चार हजार तिन सय चार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।  उक्त क्षेत्रफल बराबरको खेतीबाट यस वर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।

ताजा समाचार

Related Articles