हेटौँडा, चैत १ गते ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ नयाँवस्तीमा करेण्ट लागेर एक युवकको मृत्युभएको छ ।
नयाँबस्तीका ईन्द्रलाल मोक्तानको बिहीबार सझाँ करेण्ट लागेर मृत्युभएको हो ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार ३१ वर्षीय मोक्तानले आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा बिहीबार साँझ १७ः३० बजेको करेण्ट लागी घाईते भएका थिए ।
घाइते मोक्तानलाई आफन्तले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको क्रममा १९ः३० बजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।