रुखले च्यापेर दैलेखमा दुई जनाको मृत्यु

लोकप्रिय

दैलेख- भैरवी गाउँपालिका-५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।

सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापेर दुवै जनाको मृत्यु भएको स्थानीय देवीराम आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो ।

ताजा समाचार

Related Articles