रामेछाप, चैत २ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । रामेछापको मन्थलीमा शनिबार सम्पन्न फोनिज बागमतीको तेस्रो प्रादेशिक महाधिवेशनले रामेछापका श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
शुक्रबारबाट सुरुभएको महाधिवेशनले श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
महाधिवेशनबाट उपाध्यक्ष खुलामा मकवानपुरका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौँकी अनिता डङ्गोल, महासचिवमा काठमाडौँका राजु नापित, सचिव (महिला) मा मकवानपुरकी निशा गुरुङ, सचिव (संस्थागत) मा चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । साथै लेखा समितिको संयोजकमा मकवानपुरका अशोक सुजन श्रेष्ठ चयन हुनुभएको छ ।