हेटौँडा उपमहानगरपालिकाको खर्च ३२ प्रतिशत

लोकप्रिय

हेटौँडा, चैत २ गते ।
हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को आठ महिनाको अवधिमा कुल बजेटको ३२ प्रतिशत मात्र खर्च गरेको छ ।
चालु आवमा विनियोजित बजेटमा कुल अनुमान गरिएको व्यय तर्फ ३२.३८ प्रतिशत अर्थात् ७४ करोड चार लाख ६१ हजार ८७ रुपियाँ खर्च भएको हो ।
हेटौँडा उपमहानगरपालिकाको गत पुसको पहिलो साता सम्पन्न १६ औँ नगर सभाले संशोधनसहितको दुई अर्ब ७२ करोड रुपियाँको बजेट पारित गरेको थियो ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले ६२ औँ कार्यपालिका बैठकबाट भएका निर्णयहरुको बारेमा जानकारी दिँदै चालु आवको गत फागुन २७ गतेसम्म कुल अनुमान गरिएको आय तर्फ सङ्घीय सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोत गरी ५०.०६ प्रतिशत अर्थात् एक ४२ करोड ३९ लाख ८३ हजार ७४१ रुपियाँ आम्दानी गरिएको बताउनुभयो ।
बैठकले प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले उपमहानगरपालिकाको कार्यालयमा स्थानीय सेवा तर्फ सातौं तह (प्राविधिक), इन्जिनियरिङ सेवा, सिभिल समूह, इन्जिनियर पदमा नियुक्तिको लागि वैकल्पिक सिफारिस भई आउनुभएका इन्जिनियर कृष्ण पौडेललाई स्थायी नियुक्ति दिई पदस्थापन गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles