कालीगण्डकमा सांस्कृतिक महोत्सव

लोकप्रिय

स्याङ्जा-  पछिल्लो समय युवा पुस्तामा पश्चिमेली कला संस्कृतीको आकर्षण बढ्न थालेपछि हाम्रो मौलीक लोक संस्कृती लोपोन्मुख अवस्थामा पुगेको छ । लोपोन्मुख कला संस्कृतीको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले बृहत सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

कालीगण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा २६ समुहले लोपोन्मुख तथा पालिकाभित्र प्रयोगमा आएको कला संस्कृती प्रदर्शन गरेका थिए ।

नेपालमै लोपोन्मुख अवस्थामा रहेको यो नृत्य कालीगण्डकी गाउँपालिका २ को लसर्धा बेशीका मगर समुदायले संरक्षण गरिरहेका छन् ।
मगर समुदायमा विहे गर्दा भान्जी माग्न जाने प्रचलनलाई यो नृत्यमा देखाइएको छ । जीउमामा मात्रै होईन कालीगण्डकी भित्र संरक्षित रहेको लोपोन्मुख माओल भजन ,सराय नाच ,मारुनी र बालन नाच जस्ता कला संस्कृती संरक्षण गर्न कालीगण्डकी गाउँपालिकाले प्रथम साँस्कृतिक महोत्सव गरेको छ ।

कालीगण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा २६ समुहले लोपोन्मुख तथा पालिकाभित्र प्रयोगमा आएको कला संस्कृती प्रदर्शन गरेका छन् ।

ब्रामहण , मगर तथा दलित समुदाय एउटै स्थलबाट सांस्कृतिक प्रदर्शन गर्दा विभिन्न जातजाति एकताको सुत्रमा बाँधिने , धार्मिक सहिसुणता कायम हुने र लोपोन्मुख संस्कृतिको संरक्षण हुने विश्वास लिइएको छ ।

पश्चिमेली संस्कृतिको आकर्षण बढीरहेको बेला यस्ता कार्यक्रमले युवा पुस्तामा पुस्तान्तरण हुने र लेख अनुसन्धानले लोपोन्मुख कला संस्कृतिको संरक्षण हुने सरोकारवालको बुझाई छ ।

लोपोन्मुख जातीय तथा स्थानीय संस्कृतिलाई संरक्षण गर्न सके कला संस्कृतिमात्र संरक्षित हुने छैन सामुदायिक पर्यटनको विकासमा पनि टेवा पुग्ने जानकारहरुको बुझाई छ ।

ताजा समाचार

Related Articles