काठमाडौँ, चैत ३ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा पाँच लाख पुर्याउन सम्भव भएको बताउनुभएको छ । आइतवार स्वास्थ्य बीमाको सुधारको लागि गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मैले सुरूवाति चरणदेखि भन्दैआएको थिएँ । सुझाव समितिले पनि बीमाको पाँच लाख पुगाउन सम्भव भएको सुझाव दिएको छ ।’ बीमाको वित्तिय सुधारका योजनासहित दिएका सुझावलाई प्राथमिकिकरण गर्दै तत्काल, अल्पकाल, मध्यकाल र दीर्घकालको कार्ययोजनाअनुसार कार्यान्वयनमा लैजाने प्रतिवद्वता मन्त्री पौलले जनाउनुभयो ।
समितिले नीतिगत, कानुन, स्वास्थ्य बीमामा सहभागिताको संरचनात्मक ढाँचा, स्रोत व्यवस्थापन, सेवाको थैली र प्रिमियम निर्धारण, जोखिम व्यवस्थापन, संरचनागत सुधार, तीन तहका सरकारबिचको सहकार्य, सेवा सुधार, कार्यान्वयन तहमा सुधार, प्रिमियमका स्ल्याव, प्रिभेन्टिभ कार्य तथा सचेतना वृद्धि र सुशासन प्रवर्धनमा केन्द्रित सुझाव दिएको छ।