काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्काे आज बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै सकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको जनाकारी दिनुभयो ।
नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक थापा नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजी) हुनुभएको छ।