बागमती प्रदेशमा एसइई दिनपरीक्षार्थी बढे

लोकप्रिय

हेटौँडा, चैत ४ गते ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको माध्यामिक शिक्षा परीक्षामा गत वर्षको शैक्षिक सत्रमा भन्दा यस वर्षको शैक्षिक सत्रमा बागमती प्रदेशबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्यामा वृद्धिभएको छ ।
यस प्रदेशबाट ग्रेड वृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट गरी माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा यसवर्ष बढेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाले जनाएको छ ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका परीक्षाका प्रमुख पवित्रा तिमिल्सैनका अनुसार यो वर्ष एक लाख आठ हजार ५७१ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन् ।
गत वर्षको एसइइ २०८० मा साढे आठ हजार जना परीक्षार्थी बढेका छन् ।
गत वर्ष एक लाख ३३ जना परीक्षार्थी एसइइमा सहभागी भएका थिए ।
२०७८ सालको एसइइ परीक्षामा प्रदेशको १३ जिल्लाबाट गरी एक लाख सात हजार ६२५ जना परीक्षार्थी सहभागी भएकोमा २०७९ सालमाभएको परीक्षामा एक लाख एक हजार ७३३ जना परीक्षार्थी सहभागी भएको थिए ।
गत वर्ष एक हजार सात सय परीक्षार्थी अघिल्लो वर्षको एसइइमाभन्दा कम सहभागी भएका थिए ।
परीक्षा यही आगामी चैत ७ गते हुँदै छ र बिहान ८ः०० बजेदेखि तीन घण्टा चल्नेछ ।
यो वर्षको एसइइमा विद्यार्थी संख्या बढेपनि परीक्षा केन्द्र भने घटेको छ ।
एसइइका लागि प्रदेशभर ४३८ परीक्षा केन्द्र कायम भएको छ । गत वर्ष ४४३ परीक्षा केन्द्र रहेको थियो ।
यसैगरी यस वर्ष ४३८ जना केन्द्राध्याक्ष, ८२८ सहायक केन्द्राध्याक्ष र पाँच हजार ३६२ जना निरीक्षक परीक्षामा खटिने भएका छन् ।
निर्देशनालयका सूचना अधिकारीसमेत रहनुभएका तिमिल्सैनले परीक्षा केन्द्र तय भईसकेको र परीक्षाको उत्तर पुस्तिका जिल्लाहरुमा ढुवानी भईसकेको बताउनुभयो ।
प्रश्न पत्र लगायतका अन्य तयारी बोर्डले नै गर्छ, उत्तर पुस्तिकाको व्यवस्थापन प्रदेशमा रहेकको भन्दै उहाँले भन्नुभयो, परीक्षा अभिमुखीकरण, सञ्चालन र व्यवस्थापन खर्च जिल्लामा पठाइसकिएको छ ।
परीक्षा तयारीको तयारीका लागि प्रदेशका १३ वटै जिल्लाका शिक्षा समन्वय एकाई प्रमुखसँग सम्पर्क र छलफल भईरहेको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles