दशाैँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

लोकप्रिय

काठमाडौँ, चैत ५ गते । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले मङ्गलबार एक कार्यक्रमबिच लोगो र मस्कट सार्वजनिक गर्नुभएको हो ।

१०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा लोगोमा सात रङ्ग, चन्द्र र सुर्य झन्डा अङ्कित  रहेको छ । खेलकुद मन्त्री चौधरीले लोगो र मस्कट कर्णाली प्रदेशको माटोसँग मिल्ने खालको रहेको बताउनुभयो ।

लोगो र मस्कट दुवै विकास तमकुजुले बनाउनुभएको हो । कार्यक्रममा १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल समेत सार्वजनिक गरिएको छ ।

लगातार सर्दै आएको १०औँ खेलकुदमा सहभागी टोली र खेल संख्या अझै टुङ्गो लागेको छैन । यसअघि २०८१ मङ्सिर र त्यसपछि यही चैतमा हुने भनिएको राष्ट्रिय खेलकुद पुनः जेठमा सारिएको हो ।

जेठमा चर्को गर्मीसँगै कर्णालीको सुर्खेतमा खेलाडीको आवासका लागि प्रयाप्त होटललगायत ब्यवस्थापन गर्न थप चुनौती हुने देखिएको छ ।

ताजा समाचार

Related Articles