स्ववियु निर्वाचन सम्पन्न

लोकप्रिय

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ ।
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिनुभयो ।
उहाँका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन् । यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन् ।
विवादका कारण केही क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि सुरु भएको छ । त्यसो त कतिपय कम मतदाता भएका क्याम्पसहरुको अन्तिम नतिजासमेत आइसकेको छ ।
उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो ।
त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

ताजा समाचार

Related Articles