नार्क अहिले विषम परिस्थितिमा छ

लोकप्रिय

धनकुटा । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नार्क अहिले विषम परिस्थितिमा रहेको बताउनुभएको छ ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्क अन्तरगत धनकुटामा रहेका कार्यालयको अनुगमन गर्दै मन्त्री अधिकारीले विषम परिस्थितिबिच सकेसम्म जनतालाई राम्रो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले अहिले कर्मचारी समस्यासँग जुधिरहेको नार्कमा सधैँ यो समस्या नरहने बताउनुभयो ।

मन्त्री अधिकारीले धनकुटामा रहेको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, राष्ट्रिय व्यावसायिक अनुसन्धान कार्यक्रम तथा राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारि पात्लेको अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा सबै कार्यालयका प्रमुखले कार्यालयको अवस्था तथा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

ताजा समाचार

Related Articles