बागमती प्रदेशमा आयोजना बैंकको सुरुवात

लोकप्रिय

हेटौँडा । बागमती प्रदेश सरकारले आयोजना छनोट र कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आयोजना बैंकको सुरुवात गरेको छ । प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले बुधबार हेटौँडामा एक कार्यक्रमका बिच आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेको हो ।

आयोजना बैंकको कार्याप्रारम्भ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बजेट छनोटदेखि कार्यान्वयनसम्म आयोजना बैंक आवश्यकभएको भन्दै पहुँचका आधारमा आयोजना छनोटमा हुने प्रवृत्ति अन्तय गर्न आयोजना बैंक प्रभावकारी हुने बताउनुभयो ।
उहँले भन्नुभयो, प्रदेश सरकारकले बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्न र योजना छनोट कार्य प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालमा ल्याइएको हो । प्रदेशमा यसअघि पटक पटक आयोजना बैंकको अवधारणा ल्याइएपनि कार्यान्वयनमा आउन सकेको छैन ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले प्रदेश सभाका उपसभामुख अपसरा चापागाईलगायतले आयोजना बैंक अपरिहार्यभएका बताउनुभउो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले आयोजना बैंकले प्रदेश सरकारको विकास आयोजना कार्यान्वयनमा सहयोगी हुने बताउनुभयो ।

ताजा समाचार

Related Articles